मकवानपुरका एकजना युवक धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेंसीस्थित नयाँ पुलबाट त्रिशूलीमा हामफालेर बेपत्ता भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ चौकीटोल निवासी नारायणप्रसाद देवकोटाका ३८ वर्षीय छोरा निरञ्जन देवकोटाले आइतबार साँझ त्रिशूलीमा हामफालेका थिए।
बा.प्र. ०३-००५प ४१७६ नम्बरको एभेन्जर मोटरसाइकल नयाँ पुलमै छाडेर देवकोटाले त्रिशूलीमा हामफालेर बेपत्ता भएका हुन्।
इलाका प्रहरी कार्यालय गजुरीबाट ३ किलोमिटरको दूरीस्थित उक्त पुलबाट हामफालेका देवकोटाको अहिलेसम्म अवस्था खुल्न सकेको छैन।
देवकोटाले त्रिशूलीमा हामफालेको खबर पाएपछि उनका आफन्तहरु प्रहरीको सम्पर्कमा आइसकेका छन्। अहिले प्रहरीले स्थानीयको सहयोग लिएर उनको खोजी गरिरहेको छ।
438
Shares
प्रतिक्रिया