फिल्म ‘अञ्जिला’को छायांकन सुरु भएको छ। फिल्मको छायांकन सोमबार इलामको आइतबारेबाट सुरु भएको फिल्मका निर्देशक मिलन चाम्स हुन्। निर्देशक चाम्सले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सुरु भएको जानकारी दिएका हुन्।
राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म अञ्जिला पात्रको भूमिका एन्जिलाले नै निर्वाह गर्दैछिन्। फिल्ममा एन्जिलाको बाल्यकालदेखि राष्ट्रिय खेलाडी बन्दासम्मको संघर्ष र यात्रा देखाइनेछ।
फिल्ममा एन्जिलासहित दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको इलाम, झापा र काठमाडौंमा छायांकन हुनेछ। इलाममा २६ दिन र काठमाडौँमा १९ दिनको छायांकन तालिका रहेको फिल्म मुनलभ इन्टरटेनमेन्टको ब्यानरमा प्रेमकुमार श्रेष्ठले निर्माण गर्न लागेका हुन्।
Shares
प्रतिक्रिया