नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य दलबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश गरेका छन्।
सोमबार पोखरामा आयोजित एमाले गण्डकी प्रदेशको विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे।
सोही कार्यक्रममा गुरुङसहित अन्य ८० जना विभिन्न पार्टीका कार्यकता एमाले प्रवेश गरेको ओलीको सचिवालयले जनाएको छ।
एमाले प्रवेश गर्दै गुरुङले देशको संकटलाई एमालेले मात्रै पार लगाउन सक्ने देखेपछि आफू एमाले प्रवेश गरेको बताए।
99
Shares
प्रतिक्रिया