ad ad

कला


भूकम्पको आलोघाउमा ‘मधुमस्ती’ भन्दै तस्बिर राख्दा आलोचित भए राजेश हमाल

भूकम्पको आलोघाउमा ‘मधुमस्ती’ भन्दै तस्बिर राख्दा आलोचित भए राजेश हमाल

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १४:३५, काठमाडौँ

शुक्रबार साँझ जाजरकोटमा गएको भूकम्पले जनधनको क्षति भयो। जसले देशैभरि दुःखको माहोल बनाएको छ। यस्तोमा सरकारदेखि कलाकारहरूसम्म सहयोगसँगै समवेदना प्रकट गरिरहेका छन्।

तर, नेपाली दर्शकले ‘महानायक’ मानेका राजेश हमालले भने शनिबार ‘मधुमस्ती’ क्याप्सनसहित श्रीमती मधु भट्टराईसँगका तस्बिर फेसबुकमा राखे। त्यसपछि हमाल आलोचनाको तारो बनेका छन्।

आलोचकहरूले भूकम्पले शोक निम्तिएका बेला महानायकले रमाइलो फोटो राखेको भन्दै उनको संवेदनशीलतामा प्रश्न उठाएका छन्।

हमालको फोटोमा कमेन्ट गर्दै प्रकाश न्यौपाने लेख्छन्, ‘पूरै देश शोकाकुल भएका बेला कस्तो मस्ती गर्न मन लागेको हो? मनावता कता गयो होला?’

‘जसरी नेपाली चलचित्र क्षेत्रमा इमानदार र कुशल कलाकार महानायकको रुपमा स्थापित हुनुभयो। त्यसरी नै आज देश पूरै शोकमा डुबेको बेला तपाईंले त्यसको तात्पर्य बुझ्नुपर्ने हो। तर, भाउजू लिएर पाँचतारे होटलमा मोजमस्ती अलि सुहाएन,’ ख्याम राना लेख्छन्।

धेरैले उनलाई भूकम्पपीडितका लागि सहयोग गर्नसमेत अनुरोध गरेका छन्।

‘महानायक हो हजुर। यतिबेला देश संकटमा छ। सक्नुहुन्छ भने भूकम्प प्रभावितको क्षेत्रमा गएर आफूलाई समर्पित गर्नुहोस्’  फेसबुकप्रयोगकर्ताले लेखेका छन्।

त्यस्तै, अर्का फेसबुक प्रयोगकर्ता कमेन्टमा लेख्छन्, ‘देश रोइरहेको छ, जाजरकोट र रुकुम शोकमा छ। देशको यस्तो व्यक्तित्वले सबैमा सहयोगको अपिल र शोकाकुल परिवारलाई समवेदना दिनुपर्ने होइन र? महानायकप्रतिको सम्मानको पनि ख्याल गरिदिनुभएको भए हुने थियो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .