ad ad

कला


हायातमा धमाधम बन्दैछ भारतीय गायक अरिजित सिंहले प्रस्तुति दिने स्टेज

हायातमा धमाधम बन्दैछ भारतीय गायक अरिजित सिंहले प्रस्तुति दिने स्टेज

नेपालखबर
मंसिर ३, २०८० आइतबार १६:५८, काठमाडौँ

चर्चित भारतीय गायक अरिजित सिंहको कन्सर्टको लागि स्टेज बनाउने काम सुरु भएको छ। मंसिर ९ गते काठमाडौंस्थित हायात ग्राउन्डमा हुने लाइभ कन्सर्टको स्टेज बनाउन सुरु गरेको गराज इन्टरटेनमेन्टले जनाएको छ। 

शुभमुर्हर्त गरेर काम सुरु गरिएको स्टेजको अहिले काम धमाधम चलिरहेको छ। आयोजकले सार्वजनिक गरेको भिडियोमा स्टेज ठूलो र भव्य बनाउन लागिएको देखिन्छ। 

अरिजितलाई गराज म्यानेजमेन्ट इन्टरटेनमेन्ट र एम।एन प्रोडक्सनले महंगो रकममा नेपाल ल्याउँदैछन्। पहिलोपटक विदेशी कलाकार ल्याएर गर्न लागेको कन्सर्ट नेपालकै ठूलो कन्सर्ट हुने सञ्चालक आयोजकको दाबी छ। 

कन्सर्टको लागि सबै सामान भारतबाट ल्याएको हो। 

‘अरिजीत सिंह लाइभ इन नेपाल’ मा अरजितले नेपाली फ्यानमाझ आफ्ना चर्चित गीतहरु गाउनेछन्। अरजितसहित ४०र५० जनाको टिम नै नेपाल आउनेछन्। दुई वर्ष लगाएर मुम्बई पुगेरै अरिजीतलाई भेटेपछि उनको कार्यक्रम गर्ने पक्का भएको गराजका रसिक भट्टराईले बताए।

आयोजकले कन्सर्टमा १५ हजार दर्शक आउने अपेक्षा गरेको छ। जसको लागि गत साउन ३० गतेबाट डिजिटल वालेट खल्तीमा विभिन्न चरणको टिकट बिक्री खुला गरिसकेको छ। 

अरिजीत सिंहका ‘तुम हि हो’, ‘अगर तुम साथ हो’, ‘कबिरा’, ‘केसरिया तेरा’, ‘झुमे जो पठान’, ‘अपना बनाले’, ‘खैरियत’ लगायतका थुप्रै गीतहरू चर्चित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .