विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको भारतले पाँचौं विकेट गुमाएको छ।
३६ औं ओभरको पाँचौं बलमा रबिन्द्र जडेजा मात्रै ९ रन जोडेर पेबेलियन फर्किएका हुन्। उनले २२ बलको सामना गरे।
अर्धशतक पूरा गरेका केएल राहुललाई साथ दिन सूर्यकुमार यादव क्रिजमा आएका छन्। भारतले ३६ ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा १७८ रन बनाएको छ।
यसअघि विराट कोहली ५४, रोहित शर्मा ४७ तथा श्रेयस ऐयर र शुबमन गिल समान ४ रनमा आउट भएका थिए।
102
Shares
प्रतिक्रिया