फिल्म ‘रङ्गेली’ का दुई नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।
अभिनेता प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनी प्रहरी निरीक्षक भूमिकामा देखिएका छन्।
फिल्ममा उनको पात्रको नाम ‘मान बहादुर ढकाल’ दिइएको छ। रङ्गेलीमा खतिवडाको भूमिका बलियो रहेको निर्देशक अर्जुन सुवेदीले बताए।
यसअघि दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो ।
सुवेदीकै लेखन रहेको यो फिल्म आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुँदैछ। यस फिल्मको प्रिमियर अमेरिका र अष्ट्रेलियामा गरिनेछ। अमेरिका र अस्ट्रेलियासहित जापान, कोरिया, हङकङ लगायतका विभिन्न मुलुकमा एकसाथ रिलिज गरिने निर्माण टिमले जनाएको छ।
संसार चौलागाईं र रमेश भट्टराई वरिष्ठ निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुजजङ्ग थापा हुन्। त्यस्तै, फिल्ममा सुशन प्रजापतिको छायाङ्कन रहेको छ।
Shares
प्रतिक्रिया