पूर्वमिस नेपाल शृंखला खतिवडा बैवाहिक जीवनमा प्रवेश गरेकी छिन्। उनले सञ्चार उद्यमी तथा प्रेमी सम्भव सिरोहियासँग बिहे गरेकी हुन्।
काठमाडौँको होटल हायातमा अहिले उनीहरुको बिहेको समारोह चलिरहेको छ। शृंखला र सम्भवको बिहेमा दुबैतिरका नजिकका परिवार र आफन्तलाई मात्रै बोलाइएको छ।
बेहुली बनेकी श्रृंखला निकै खुसी देखिएकी छिन्। रातो सारी र गहनामा सजिएकी उनी निकै सुन्दर देखिएकी छिन्।
शृंखला र सम्भव केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। यी दुईले आफ्नो प्रेम सम्बन्धलाई आज विवाहमा परिणत गरेका हुन्।
शृंखलाले करिब दुई महिनाअघि सम्भवसँगको प्रेमसम्बन्धबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।
1.4k
Shares
प्रतिक्रिया