ad ad

कला


बेइजिङ फिल्म फेस्टिभलमा छानियो ‘गाउँ आएको बाटो’

बेइजिङ फिल्म फेस्टिभलमा छानियो ‘गाउँ आएको बाटो’

नेपालखबर
चैत १६, २०८० शुक्रबार १३:२७, काठमाडौँ

नेपाली फिल्म ‘गाउँ आएको बाटो’ चीनको बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ।

नवीन सुब्बा निर्देशित यो फिल्म बेइजिङ पानोरमा विधामा छानिएको हो।

च‍ीनको प्रतिष्ठित बेइजिङ अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट हुँदा खुसी लागेको निर्माण टिमले जनाएको छ।

बेइजिङ फिल्म फेस्टिभलमा छानिने यो पहिलो नेपाली फिल्म हो।

‘हाम्रो चलचित्र चीनको प्रतिष्ठित १४ औं बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छानिएको खबर सुनाउँन पाउदा हामी उत्साहित छौँ। दुई दशकको हङकङ-चीन समुदाय बसाइको क्रममा हाम्रो नेपाली फिल्म कथालाई चिन समुदायलाई देखाउने ठूलो सपना थियो। आज यो सपना पूरा भएको छ। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको प्रथम नेपाली फिल्म हो,’ निर्माता अमोद राईले फेसबुकमा लेखेका छन्।

दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका रहेको फिल्मको प्रिमियर टोरन्टो फिल्म फेस्टिभलमा गरिएको थियो। अंग्रेजीमा ‘अ रोड टु भिलेज’ नाम राखिएको यो फिल्म टोरेन्टोसहित बुसान, स्विडेनको गोटेबर्ग, भारतको मुम्बई फेस्टिभलमा स्क्रिनिङ भइसकेको छ।

सुब्बासहित राईको लगानी रहेको यो फिल्म नेपालमा आगामी जेठ १८ गते रिलिज हुँदै छ।

फिल्मको छायांकन भोजपुर, सुनसरी र संखुवासभामा भएको थियो।

फिल्ममा दयाहाङ र पशुपतिका साथै प्रसन राई, केशव राई, सुमित्रा राई, प्रेम सुब्बा, राज थापाको अभिनय छ।

सुब्बा र महेश राईको पटकथा रहेको फिल्मले गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा समेटेको छ।

यो फिल्म राई जातिको सामाजिक पृष्ठभूमिमा आधारित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .