ad ad

कला


तोकियो चलचित्र 'ईश्वर' को प्रदर्शन मिति

तोकियो चलचित्र 'ईश्वर' को प्रदर्शन मिति

नेपालखबर
चैत १६, २०८० शुक्रबार १३:२१, काठमाडौँ

फिल्म ‘ईश्वर’को पोस्टरसहित प्रदर्शन मिति तय भएको छ।

यो फिल्म आगामी वर्षको मंसिर १४ गते प्रदर्शनमा जाने तय भएको हो। 

राजु गिरीको निर्देशन रहेको फिल्ममा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको अभिनय छ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन्।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता हरिबहादुर थापा र शंकर गिरी हुन्।  

रामेश्वर हुँमागाईको खिँचेको फिल्मको सम्पुर्ण छायाङ्कन पोखरा र हेम्जाकोट मा गरिएको हो।

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .