ad ad

कला


जब सलमान खान २५ हजार मानिसको घेरामा परे

जब सलमान खान २५ हजार मानिसको घेरामा परे

नेपालखबर
चैत १८, २०८० आइतबार १७:४, काठमाडौँ

बलिउड अभिनेता सलमान खानले निर्देशक कबीर खानसँग थुप्रै फिल्ममा काम गरिसकेका छन्। जसमा एक था टाइगरदेखि बजरंगी भाइजान र ट्युबलाइट पर्छन्। 

यसैबीच, निर्देशक कबीरले सलमानसँग जोडिएको एउटा किस्सा सेयर गरेका छन्। कबीरका अनुसार उनी जब सलमानसँग दिल्लीको चाँदनी चोकमा फिल्म ‘बजरंगी भाइजान’ को सुटिङ गरिरहेका थिए। त्यतिबेला सलमानसहित फिल्मको सम्पूर्ण टिमलाई २५ हजार मानिसले घेरेको थियो।

एक अन्तर्वार्ताकारसँग निर्देशक कबीरले भने, ‘हामी चाँदनी चोक भित्रको सडकमा सुटिङ गरिरहेका थियौं। बाहिरको अवस्था कस्तो छ भन्ने हामीलाई थाहा थिएन। एक्कासी प्रहरी आए।’ 

त्यसपछि एसीपीले भनेछन् : बाहिर के भइरहेको छ तपाईंलाई थाहा छैन? तपाईंलाई लगभग २५ हजार मानिसको भिडले घेरेको छ। अब तपाईं यो ठाउँ छोड्न सक्नुहुन्न किनभने सबैले थाहा पाएका छन् कि तपाईं यहाँ सलमान खानसँग काम गर्दै हुनुहुन्छ।

कबीरले अघि थप्दै भने, ‘त्यसपछि हाम्रो टोलीले केही नक्कली कारहरूको व्यवस्था गर्‍यो। हामीले ५/६ वटा गाडीलाई लाइनबाट हटायौं। र, ती मध्ये एउटा इनोभामा हामीले सलमान खानलाई लुकायौं। त्यसपछि अर्को बाटो लाग्यौं। नत्र हामी त्यहाँबाट निस्कन सक्ने थिएनौं। हाम्रो वरिपरि २५ हजार मानिस थिए। यो सलमान खानको स्टारडम हो।’

सन् २०१५ मा रिलिज भएको बजरंगी भाइजानमा सलमानसहित करीना कपुरको मुख्य भूमिका थियो। विश्वभरबाट ९२० करोड भारतीय रुपैयाँ कमाएको यो फिल्म त्यसवर्ष भारतमा धेरै कमाउने फिल्म हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .