प्रियंका कार्की स्टारर वेब सिरिज ‘साहु बा’ को टिजर सार्वजनिक भएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेव सिरिजको टिजर सार्वजनिक गरिएको हो।
२४ एपिसोड रहेको यो सिरिज एपी वान टेलिभिजन र म्यजिक नेपालद्धारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुनेछ।
यस सिरिजमा प्रियंकासहित कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय छ।
यो सिरिज नेपालमा नै पहिलो पटक मंहगो बजेटमा निर्माण गरिएको दाबी गरिएको छ। अभिनेत्री प्रियंका कार्कीले सिरिजको लागि आफुले तीन वर्षभन्द बढि समय दिएको बताइन्।
फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन्।
निर्माण गरिएको सिरिजमा तीन सय ५० बढि कलाकारले काम गरेका छन्। हरेक एपिसोड १ एपिसोडको हुनेछ।
नेपालमा ठुलो बजेटमा पूर्ण रुपमा पहिलो पटक वेब सिरिज निर्माण गरिएको निर्माण कम्पनिले जानकारी दिएको छ।
Shares
प्रतिक्रिया