बलिउड अभिनेता रणवीर सिंह सवार कारलाई एक मोटरसाइकलले ठक्कर दिएको छ।
रणवीर सवार कारलाई बान्द्रास्थित सडकमा एक मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।
उक्त घटनामा अभिनेता सिंहलाई कुनै चोटपटक भने नलागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घटनापछि अभिनेता सिंह कारबाट ओर्लिएर मोटरसाइकलले दिएको ठक्करबारे जानकारी लिए र केही मिनेटमै त्यहाँबाट हिँडेका थिए।
फोटोग्राफर विराल भयानीले आफ्नो इन्स्टाग्राममा यसको भिडियो सर्वजनिक गरेको थिए। ‘रणवीर सिंहको कारलाई एक बाइकले ठक्कर दिएपछि एउटा सानो दुर्घटना भयो। हामीले उनीहरूलाई अर्को भवनमा छिर्दै गरेको देख्यौँ।’ भयानीको सार्वजनिक गरेको भिडियोमा रणवीरलाई एक व्यक्तिसँग हात मिलाउँदै गरेको देख्न सकिन्छ।
रणवीर चाँडै कबीर खान निर्देशित फिल्म ‘८३’मा कपिलदेवको भूमिकामा देखा पर्दैछन्। यसबाहेक उनी यशराज ब्यानर फिल्म ‘जयेश भाइ जोरदारु’मा पनि देखिनेछन्।
हेराैँ भिडियो
प्रतिक्रिया