भारतको आसामस्थित धुब्रीमा ब्रह्मपुत्र नदीमा डुंगा दुर्घटना भएको छ।
२५ जना मानिस बोकेको डुंगा निर्माणाधीन पुलनजिकै दुर्घटना भएको हो। एक स्थानीय अधिकारीले दिएको जानकारीअनुसार दुर्घटनामा परी कम्तीमा सातजना मानिस बेपत्ता भएका छन्।
धुब्रीका प्रहरीका डेपुटी कमिशनरका अनुसार निर्माणाधीन पुल भएको स्थानमा नदीबाट आउँदै गर्दा केही सानो भाग मात्र खाली थियो। उक्त स्थानमा छेउको भागमा डुङ्गा ठोक्किएको थियो। सोही क्रममा डुंगा दुर्घटनामा परेको हो।
यो क्रममा केही मानिस पौडेर बाँच्न सफल भएका थिए भने केहीको उद्धार गरिएको थियो।
अहिले बेपत्ता मानिसहरुको पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।
45
Shares
प्रतिक्रिया