ad ad

ग्लोबल


भारतमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

भारतमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

नेपालखबर
असोज १९, २०७९ बुधबार १७:४०, नयाँ दिल्ली

भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ। उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो।

स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ। प्रहरीले २० ओट शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेको बताएको छ।

मङ्गलबार भएको सो दुर्घटनापछि प्रहरी पुगेको थियो। प्रहरीले २० ओटा शव घटनास्थलामा नै भेटेको र अरु घाइतेलाई तत्कालै अस्पताल पुर्‍याइएको जनाएको छ। उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

गएराति नै उद्धार थालिए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठेरोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न निकै कठिन भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ। सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .