ad ad

ग्लोबल


तालिबानले लगायो विश्वविद्यालयमा महिलालाई प्रतिबन्ध

तालिबानले लगायो विश्वविद्यालयमा महिलालाई प्रतिबन्ध

नेपालखबर
पुस ६, २०७९ बुधबार १०:२६, काठमाडौँ

अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले महिलालाई विश्वविद्यालयस्तरको अध्ययनमा रोक लगाएको छ।

अर्को सूचना नआउँदासम्मको लागि उनीहरुलाई विश्वविद्यालयको अध्ययनमा रोक लगाइएको हो।

तालिबान सरकारको उच्च शिक्षा मन्त्रालयलाई तालिबान सरकारको मन्त्रिपरिषद्ले दिएको निर्देशनअनुसार तत्कालै लागू हुने गरी विश्वविद्यालयहरुमा महिलालाई अध्ययनमा प्रतिबन्ध लगाइएको हो। 

अफगानिस्तानको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल भएको केही समयाम नै तालिबानले विश्वविद्यालयमा महिलामाथि प्रतिबन्धको निर्णय गरेको हो। 

यसअघि तालिबानको सरकारलाई मान्यता दिन उसले महिलामाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने र मानव अधिकारका नियम पालना गर्नुपर्ने शर्त पश्चिमा मुलुकले राख्दै आएका छन्। तर, तालिबान भने महिला र मानव अधिकारको विरुद्धमा थप कठोर हुँदै गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .