अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर आकासमा ठोक्किँदा चार जनाको ज्यान गएको छ। अन्य नौ जना घाइतेको उपचार भइरहेको जनाइएको छ।
अस्ट्रेलियाको गोल्ड कोस्टनजिकै सो दुर्घटना भएको थियो। घाइतेमध्ये एक महिला र दुई केटाहरु गम्भीर अवस्थामा रहेको बताइएको छ।
अस्ट्रेलियन ट्रान्स्पोर्ट सेफ्टी ब्युरोले घटनाको अनुसन्धान गर्ने भएको छ।
स्थानीय समयअनुसार दिउँसो २ बजेतिर दुई हेलिकोप्टर आपसमा ठोक्किएका थिए। जसमध्ये एक उडान भर्दै थियो भने अर्को हेलिकोप्टर अवतरणको प्रयास गर्दै थियो।
मृत्यु भएका चार जना र गम्भीर घाइते भएका तीन जना एउटै हेलिकोप्टरमा सवार रहेको बताइएको छ।
दुर्घटनाग्रस्तमध्ये एक होलिकोप्टर उत्तानो पल्टेको देखिन्छ।
गोल्ड कोस्ट अहिले पर्यटक खचाखच हुने क्षेत्र हो। बीबीसी
654
Shares
प्रतिक्रिया