ad ad

ग्लोबल


नेपालीमा ट्वीट गर्दै चिनियाँ राजदूतले भने : चीन-नेपाल मित्रता अमर रहोस्

नेपालीमा ट्वीट गर्दै चिनियाँ राजदूतले भने : चीन-नेपाल मित्रता अमर रहोस्

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस २४, २०७९ आइतबार १२:५५, काठमाडौँ

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङले काठमाडौं उत्रिए लगत्रै नेपाली भाषामा ट्वीट गरेका छन्। राजदूत सोङले ‘हिमालय वारपार चीन–नेपाल मित्रता अमर रहोस्’ भनेका छन्।

आइतबार काठमाडौं आइपुगेका राजदूत सोङले दुईवटा अंग्रेजी र एउटा नेपाली भाषामा ट्वीट गर्दै सो कुरा उल्लेख गरेका हुन्।

सोङ दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटननीतिज्ञ मानिन्छन्। उनी यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उपमहानिर्देशक थिए।

चारवर्षे कार्यकाल सकेर राजदूत होउ यान्छी बेइजिङ फर्केको एक महिना पछि चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि नयाँ राजदूतको निधो गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .