भारतको जोशीमठमा जमिन धसिएर चर्किएको भवनको संख्या ८ सय ४९ पुगेको छ। जसमध्ये १ सय ६५ घर ‘डेन्जर जोन’मा छन्।मानिसहरूलाई सुरक्षित अस्थायी राहत केन्द्रमा सार्ने काम भइरहेको छ भने दुईवटा होटल भत्काउने काम पनि भइरहेको बीबीसी हिन्दीले जनाएको छ।
जिल्ला प्रशासनले अहिलेसम्म २ सय ३७ परिवारका ८ सय जनालाई सुरक्षित स्थानमा सारिसकेको छ।
समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै ८३ ठाउँमा ६ सय १५ कोठाको व्यवस्था गरिएको बताएको छ। यसबाहेक पीपलकोटका २० वटा भवनमा ४ हजार १ सय ९१ कोठालाई अस्थायी टहरा बनाइएको छ। केही समयदेखि उत्तराखण्डका जनताले आफ्नो घर जमिनमा धसिँदै गएको र चर्किएको जानकारी गराइरहेका छन्। त्यसयता भवन चर्किने क्रम बढ्दै गएपछि यो सम्पूर्ण क्षेत्रलाई ‘सिंकिङ जोन’ भनियो। र, सरकारले सहर खाली गर्ने निर्णय गर्यो।
जोशीमठ संकट समाधानका लागि केन्द्रदेखि प्रदेश सरकारसम्मका संघ–संस्थाले पहल गरिरहेका छन्। मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याइएको छ। यस क्षेत्रमा एनडीआरएफ र एसडीआरएफको टोली तैनाथ गरिएको छ।
त्यहाँको अवस्थाबारे प्रधानमन्त्रीले बैठकसमेत गरिसकेका छन्।
Shares
प्रतिक्रिया