अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन्।
सीबीएसको ‘६० मिनेट्स’सँगको अन्तर्वार्तामा बाइडेनलाई सोधिएको छ- तपाईं गाजामा इजरायलको कब्जालाई समर्थन गर्नुहुन्छ?
जवाफमा अमेरिकी राष्ट्रपति बाइनडेनले भनेका छन्, ‘यो ठूलो गल्ती हुनेछ।’
उनले थपे, ‘हमासले सबै प्यालेस्टिनी जनताको प्रतिनिधित्व गर्दैन र मलाई लाग्छ– इजरायलले गाजालाई पुनः कब्जा गर्नु गल्ती हुनेछ।’
आइतबार राति प्रसारित अन्तर्वार्तामा उनले भनेका छन्, ‘तर गाजाभित्र गएर अतिवादीहरूलाई बाहिर निकाल्नु महत्त्वपूर्ण काम हो।’
यस क्रममा बाइडेनले इजरायलले युद्धको नियमभित्र रहेर कारबाही गर्नेमा आफू विश्वस्त रहेको पनि बताए।
अन्तर्वार्ताको भिडिओ–
President Biden supports a humanitarian corridor that allows people out of Gaza – where Israel has cut off food, fuel, electricity, and much of the water. He also says the Israeli occupation of Gaza would be “a big mistake.” https://t.co/gYadyBKneX pic.twitter.com/7Tn0Oyo8Lo
— 60 Minutes (@60Minutes) October 15, 2023
Shares
प्रतिक्रिया