हमास आक्रमणमा आफ्ना आमाबुवा गुमाएका एक इजरायली नागरिकले इजरायललाई युद्ध रोक्न आग्रह गरेका छन्।
बीबीसीसँग कुरा गर्दै माओज इनानले युद्ध रोक्न आफ्नो मुलुकसँग अनुरोध गरेका हुन्।
उनी एक शान्ति अभियानकर्ता हुन्। उनका आमाबाबु हमासको आक्रमणमा मारिए।
‘हामीले युद्ध रोक्नु पर्छ’, बीबीसीसँगको अन्तर्वार्तामा उनले भने।
भावुक हुँदै उनले भने, ‘हमास हमलामा मेरा आमाबुवा मारिएका कारण म रोइरहेको होइन, म यस युद्धमा अब मारिनेहरूलाई सम्झिएर रोइरहेको हुँ। हामीले युद्ध तुरुन्तै रोक्नुपर्छ, युद्ध उत्तर होइन।’\
‘म तपाईंमार्फत दर्शकहरूसमक्ष आग्रह गर्छु– यो युद्ध रोक्न आआफ्ना ठाउँबाट जे जति गर्न सकिन्छ गर्नुहोस् ताकि युद्धमा संलग्नहरूलाई दबाब पुगोस् र युद्ध तुरुन्तै रोक्न सकियोस्।’
उनले थपे, ‘हामी बदला चाहँदैनौं, बदलाको आगोले मानिसलाई थप पीडा र दुःखमा धकेल्छ र थप व्यक्ति मारिनेछन्। ...युद्ध जारी रह्यो भने मृत्यु हुनेको संख्या अझै बढ्ने छ। हामीले यो युद्ध रोक्न हर सम्भव कदम चाल्नुपर्छ। मलाई दुवै पक्षका मानिसको चिन्ता लागिरहेको छ। म मारिने हरेक व्यक्तिका लागि रोइरहेको छु।’
Shares
प्रतिक्रिया