हमास र इजरायलबीच जारी युद्धका क्रममा इजरायली सैनिक गाजा (जहाँ हमासको सत्ता छ) नजिकै पुगेका तस्बिर सार्वजनिक भएका छन्।
प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्ध आज (अक्टोबर २३) सत्रौँ दिनमा प्रवेश गरेको छ।
यही अक्टोरबर ७ का दिन हमासले अचानक आक्रमण गरेपछि जवाफमा इजरायलले गाजा (जहाँ हमासको सत्ता छ) मा निरन्तर बमबारी गरिरहेको छ।
दुई साताभन्दा बढी समयदेखि जारी यो द्वन्द्वमा हालसम्म १४ सय इजरायली मारिएका छन् भने गाजामा बसोबास गर्ने ४ हजार ६५१ प्यालेस्टिनी मारिएको बीबीसीले जनाएको छ।
हेर्नुहोस् गाजानजिकै इजरायली सैनिक पुगेका तस्बिर–
1.0k
Shares
प्रतिक्रिया