प्यालेस्टिनी अधिकारीहरूले गाजामा हिजो बिहानदेखि जारी इजरायली बमबारीमा अहिलेसम्म ४३० जनाको ज्यान गएको बताएका छन्।
गाजामा अक्टोबर ७ देखि जारी युद्धमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५ हजार ८७ पुगेको छ।
जसमा २ हजार ५५ बालबालिका, १ हजार १ सय १९ महिला र २ सय १७ वृद्ध छन्।
प्यालेस्टिनी अधिकारीहरूले १५ हजारभन्दा बढी घाइते भएको बताएका छन्।
यसैबीच हमासले पछिल्लो आधा घण्टामा दक्षिणी इजरायलमा दुईवटा ड्रोन प्रहार गरेको जनाएको छ।
144
Shares
प्रतिक्रिया