भारतको आन्ध्र प्रदेशस्थित भिजियानगरममा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै रेलका मुख्य जनसम्पर्क अधिकारी विश्वजित साहुले दुर्घटनाामा ५० जनाभन्दा बढी घाइते भएको जानकारी दिएका छन्।
घाइतेहरुलाई नजिकैका अस्पतालमा भर्ना गरिएको साहुले बताए।
दुर्घटनास्थलको भिडिओ-
— ANI (@ANI) October 30, 2023#WATCH | Drone visuals of the train collision in Vizianagaram, Andhra Pradesh. Rescue operations underway pic.twitter.com/ou24l03HP1
आइतबार राति विशाखापट्टनम–पलासा प्यासेन्जर ट्रेन र विशाखापट्टनम रायगडा प्यासेन्जर ट्रेन एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
भिडिओ-
VIDEO | Track restoration work underway on the Howrah-Chennai railway line, day after the collision of two trains in Andhra Pradesh’s Vizianagaram district. pic.twitter.com/Iw0egHlv2y
— Press Trust of India (@PTI_News) October 30, 2023
Shares
प्रतिक्रिया