इजरायलले संयुक्त राष्ट्र संघका विज्ञहरूले गाजाको अवस्थाका निहुँमा प्यालेस्टिनी लडाकु समूह हमासको प्रोपोगन्डा दोहोर्याएको आरोप लगाएको छ।
सात संयुक्त राष्ट्र–निर्देशित मानवअधिकार विशेषज्ञहरूले गाजाका नागरिक ‘नरसंहार’को जोखिममा रहेको र यसलाई रोक्न समय सकिन लागेको बताएका छन्। यो विशेष समूहले इजरायलले गाजा पट्टीलाई ‘नष्ट’ गर्ने योजना बनाएको आरोप लगाएको छ।
उक्त समूहले इजरायल र उसका सहयोगीहरूलाई तत्काल युद्धविरामका लागि अपिल पनि गरेको छ र हमासलाई बन्धक बनाएका सबैलाई रिहा गर्न आग्रह गरेको छ।
संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजाको अवस्थाले भयावह मोड लिएको उल्लेख गरिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले यो ‘नरसंहार’ हो वा होइन भनेर संयुक्त राष्ट्रको न्यायिक निकायले मात्र निर्णय गर्न सक्ने बताएका छन्।
Shares
प्रतिक्रिया