अस्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसंख्या बढ्दै गएको छ।
कोभिड-१९ को महामारीका कारण मन्दी आएपछि अर्को देशमा जन्मिएका अस्ट्रेलियाली नागरिकको अनुपात बढेको हो।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित तथ्याङ्कअनुसार, अष्ट्रेलियाको विदेशमा जन्मेको जनसंख्या २०२१ र २०२२ को बीचमा १ लाख ५५ हजार मानिसले बढेको छ।
३० जुन २०२२ सम्म ७.७ मिलियन अष्ट्रेलियाली बासिन्दा विदेशमा जन्मिएका थिए।
जुन कुल राष्ट्रिय जनसंख्याको २९.५ प्रतिशत हो।
सन् २०२० र २०२१ को बीचमा अस्ट्रेलियाको विदेशमा जन्मेको जनसंख्याको हिस्सा २९.९ प्रतिशतबाट घटेर २९.३ प्रतिशतमा झरेको छ।
यो संख्या सन् १९९९ पछि पहिलो पटक घटेको हो।
सन् २०१२ र २०२२ को बीचमा अस्ट्रेलियामा भारतमा जन्मेका व्यक्तिहरू सबैभन्दा छिटो बढ्दो आप्रवासी समूह थिए।
त्यसपछि चीनमा जन्मेका र नेपालमा जन्मेका मानिस छन्।
सन् २०२२ सम्ममा अष्ट्रेलियाको कुल जनसङ्ख्याको २.३ प्रतिशत चिनियाँमूलका बासिन्दा थिए, जुन २०१२ मा १.८ प्रतिशत थियो।
सोही अवधिमा इङ्ल्याण्डमा जन्मेका अस्ट्रेलियाली नागरिकको हिस्सा ४.४ प्रतिशतबाट ३.७ प्रतिशतमा झरेको छ। -सिन्ह्वा
Shares
प्रतिक्रिया