गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायलसँगको द्वन्द्वमा अहिलेसम्म मारिनेको संख्या साढे १० हजार नाघेको जनाएको छ।
अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १० हजार ५६९ पुगेको हो। जसमा ४ हजार ३२४ जना बालबालिका छन्।
बीबीसीका अनुसार यो संख्या अक्टोबार ७ देखि जारी द्वन्द्वमा मारिनेको संख्या हो। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो।
इजरायली सेनाका अनुसार यस हमलामा करिब १४०० जनाको मृत्यु भएको थियो भने हमासका लडाकुले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएका थिए।
48
Shares
प्रतिक्रिया