इजरायली सेनाले १९ वर्षीया नोआ मार्सियानोको मृत्यु भएको पुष्टि गरेको छ। नोआलाई अक्टोबर ७ मा हमास लडाकुहरूले बन्धक बनाएका थिए।
हमासले सोही दिन इजरायलमा आक्रमण गरेको थियो र २०० भन्दा बढी मानिसलाई बन्धक बनाएका थिए।
यसअघि नोआको एउटा भिडिओ भाइरल भएको थियो जसमा उनले आफ्नो परिचय दिँदै आफूलाई चार दिनदेखि हिरासतमा राखेको बताएकी थिइन्।
बीबीसीका अनुसार हमासले भने इजरायली हवाई आक्रमणमा नोआको मृत्यु भएको दाबी गरेको छ।
993
Shares
प्रतिक्रिया