अमेरिकाले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि आक्रमण गरेको दाबी गरेको छ।
हुथी विद्रोहीहरूले मिसाइल प्रहार गर्ने तयारी गरिरहेकाले आफूले पहिले आक्रमण गर्नुपरेको अमेरिकाको दाबी छ।
अमेरिकी सेनाले बुधबार हुथीले प्रहारका लागि तयार अवस्थामा राखेको १४ मिसाइललाई लक्ष्य गरी आक्रमण गरिएको जनाएको छ।
अमेरिकी सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘ती क्षेप्यास्त्रले यस क्षेत्रमा अवस्थित व्यापारी जहाज र अमेरिकी नौसैनिक जहाजका लागि खतरा खडा गरेको छ र तस् जुनसुकै बेला प्रहार गर्न सकिन्छ। यस कारण अमेरिकी सैनिकले आत्मरक्षाको अधिकार र जिम्मेवारीलाई पालना गर्नुपरेको हो।’
‘हामीले उठाएका यी स्ट्राइक र अन्य कदमले लाल सागर, बाब अलमन्डब र एडेनको खाडीमा अन्तर्राष्ट्रिय र व्यावसायिक ढुवानी गतिविधिमा आक्रमण गर्ने हुथी विद्रोहीको क्षमतालाई कम गर्नेछ।’
Shares
प्रतिक्रिया