ad ad

ग्लोबल


ट्रम्पलाई हराउने कोसिसमा तीन राष्ट्रपति एकै ठाउँ

ट्रम्पलाई हराउने कोसिसमा तीन राष्ट्रपति एकै ठाउँ

नेपालखबर
चैत १५, २०८० बिहिबार १४:१५,

यस वर्षको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जो बाइडेन र डोनाल्ड ट्रम्प दोस्रो भिडन्तका लागि तयार हुँदै छन्। ट्रम्पलाई हराउन बाइडेन सम्भव भए जति सबै प्रकारका सहयोग लिइरहेका छन्।

यसै क्रममा उनलाई सघाउन दुई पूर्वराष्ट्रपति पनि उभिएका छन्। उनीहरू हुन्, बाराक ओबामा र बिल क्लिन्टन।

बिहीबार न्युयोर्कमा उनीहरू तीनै जना एक कार्यक्रममा सहभागी हुँदै छन्। चुनावका लागि सहयोग संकलन गर्न उनीहरू जम्मा हुन लागेका हुन्। ४५ औँ राष्ट्रपतिलाई हराउने उद्देश्यले ४६ औँ राष्ट्रपतिको साथमा ४२ औँ र ४४ औँ राष्ट्रपति उभिन लागेका हुन्।

पछिल्लो समय बाइडेनको पक्षमा ओबामा निकै सक्रिय छन्। गत साता मात्र उनी राष्ट्रपति भवन ह्वाइट हाउस पुगेका थिए। बाइडेन क्लिन्टनसँग पनि निरन्तर सम्पर्कमा छन्।

तीन राष्ट्रपति एकै ठाउँ उभिँदा त्यसले डेमोक्र्याटहरूबीच एकताको सन्देश दिने आकलन गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .