ग्लोबल


सी चिनफिङले अमेरिकी विदेशमन्त्रीलाई भने : हाम्रो साझेदार बन्नुस्, प्रतिद्वन्द्वी होइन

सी चिनफिङले अमेरिकी विदेशमन्त्रीलाई भने : हाम्रो साझेदार बन्नुस्, प्रतिद्वन्द्वी होइन

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १८:०,

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केलाई प्रतिद्वन्द्वी होइन, साझेदार बन्न आग्रह गरेका छन्।

चीन भ्रमणमा आएका ब्लिन्केनलाई शुक्रबार उनले एक थोक भनेर अर्को नगर्न पनि सुझाए।

‘यो वर्ष चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४५ वर्ष पुग्दैछ। यी दुई मुलुक साझेदार बन्नुपर्छ, प्रतिद्वन्द्वी होइन,’ उनले भने, ‘दुई मुलुकले एकअर्कालाई हानि गर्ने होइन, साझा सफलता प्राप्त गर्नुपर्छ, उनीहरुले कठोर प्रतिस्पर्धाको सट्टा फरक मतसहितको साझा स्थान खोज्नुपर्छ। उनीहरुले एक थोक भन्ने र अर्कैथोक गर्ने होइन, आफ्नो बोलीको मान राख्नुपर्छ।’

उनले द्विपक्षीय सम्बन्ध स्थिर पार्न पनि अमेरिकाले चीनको विकासलाई सकारात्मक रुपमा हेर्नुपर्ने बताए।

‘मैले धेरै पटक भनिसकेको छु, यो पृथ्वी चीन र अमेरिका दुवै सँगै विकास हुन र स्वतन्त्र रुपले समृद्ध बन्न सक्नेगरी विशाल छ। चीन एक विश्वस्त, समृद्ध र विकसित अमेरिका देख्न चाहन्छ। हामीलाई आशा छ, अमेरिकाले पनि चीनको विकासप्रति उस्तै सकारात्मक धारणा राख्नेछ,’ सीको भनाइ सीसीटीभीले उधृत गरेको छ, ‘यो आधारभूत समस्या समाधान भएपछि मात्रै चीन–अमेरिका सम्बन्ध स्थिर र राम्रो हुनेछ।’

ब्लिन्केनले भने आफूले रुसलाई सहयोग नगर्न चीनलाई चेतावनी दिएको बताएका छन्।

यसअघि ब्लिन्केनले शुक्रबार नै चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गरेका थिए। वाङले सार्वभौमसत्ता, सुरक्षा र विकासमा ‘रेड लाइन’ पार नगर्न अमेरिकालाई चेतावनी दिएका थिए। 

यो वर्ष ब्लिन्केनको यो दोस्रो चीन भ्रमण हो। उनी सांघाई हुँदै बेइजिङ पुगेका हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .