ad ad

ग्लोबल


इजरायलको रक्षार्थ अमेरिकाले मध्यपूर्वमा युद्धपोत र लडाकु विमान थप्ने

हमास नेता हानियाको हत्यापछि मध्यपूर्वमा हिंसाको सन्त्रास
इजरायलको रक्षार्थ अमेरिकाले मध्यपूर्वमा युद्धपोत र लडाकु विमान थप्ने

नेपालखबर
साउन १९, २०८१ शनिबार ११:२, काठमाडौँ

पेन्टागन (अमेरिकी रक्षा विभागको मुख्यालय) ले इरान र उसका सहयोगीहरूबाट इजरायललाई जोगाउन अमेरिकाले मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमान तैनाथ गर्ने बताएको छ।

इरानमा हमासका शीर्ष नेता इस्माइल हानिया र हिजबुल्लाह कमान्डरको हत्यापछि पश्चिम एसिया पनि भनेर चिनिने मध्यपूर्वमा तनाव बढेको छ।

पेन्टागनले क्षेप्यास्त्र सुरक्षा बललाई तयार राखिएको जनाउँदै इजरायलको रक्षाप्रति आफ्नो प्रतिबद्धता बलियो रहेको जनाएको छ।

आफ्नो देशमा हमास नेता हानियाको हत्यापछि इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीले इजरायललाई पाठ सिकाउने वाचा गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।

हानिया तेहरानमा बुधबार मारिएका हुन्। यसमा इरान र गाजास्थित उसका सहयोगीले इजरायललाई जिम्मेवार ठहर्‍याएका छन्।

इजरायलले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। 

६२ वर्षीय इस्माइल हानियालाई हमासका शीर्ष नेता मानिन्थे। गाजामा युद्धविरामसम्बन्धी वार्तामा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

हानिया मारिएको खबर इजरायलले लेबनानमा हिजबुल्लाह कमान्डर मारेको दाबी गरेको केही घण्टापछि आएको थियो। 

पेन्टागनले विज्ञप्ति जारी गर्दै यो नयाँ तैनाथीले अमेरिकी सेनाको सुरक्षा बढाउने, इजरायलको रक्षामा सहयोग बढाउने र अमेरिका बदला लिन तयार रहेको सुनिश्चित गर्ने बताएको छ।

अप्रिलमा इरानले इजरायलमा ड्रोन आक्रमण गरेपछि अमेरिकाले पनि तैनाथी बढाएको थियो। इजरायल र उसका सहयोगीहरूले करिब तीन सय ड्रोन खसालेका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .