ad ad

ग्लोबल


भारतीय राज्यसभामा भाजपा नेतृत्वको एनडीएलाई बहुमत

भारतीय राज्यसभामा भाजपा नेतृत्वको एनडीएलाई बहुमत

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह


नेपालखबर
भदौ १३, २०८१ बिहिबार २०:४२, काठमाडौँ

भारतमा राज्यसभाका लागि भर्खरै भएको निर्वाचनपछि भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले १२ नयाँ सदस्यका साथ राज्यसभामा बहुमत प्राप्त गरेको छ।

माथिल्लो सदनमा सबैभन्दा ठूलो दल भाजपाका ९६ सांसद छन्।

सहयोगी, ६ मनोनीत सदस्य र दुई स्वतन्त्रसहित, एनडीएसँग अब ११९ सदस्यको समर्थन छ।

हाल राज्यसभामा कूल २३७ सांसद छन्। जसको बहुमत ११९ हो। १० राज्यका ३१ सिटमा चुनाव भएपछि यो आँकडा अप्रिल २०२६ सम्म कायम रहन्छ। 

नरेन्द्र मोदी सरकारको पछिल्लो १० वर्षमा माथिल्लो सदनमा स्पष्ट बहुमत नहुँदा कुनै पनि विधेयक रोकिएका छैनन्। 

सत्ताधारी र विपक्षी गुटबाट सधैँ अलग रहने वाईएसआर कांग्रेस पार्टी र बिजु जनता दल प्रायः सरकारी विधेयकको समर्थनमा उभिने गरेका छन्।

तर, २०२४ को आमनिर्वाचनपछि दुवै दल प्रतिपक्षको नजिक पुगेका छन्।

अर्कातर्फ कांग्रेस कम सदस्यका कारण विपक्षी दलको नेताको हैसियत गुमाउने अवस्थामा पुगेको थियो। हाल ऊसँग २६ सदस्य छन्।

सदनमा प्रतिपक्षी दलको नेताको पद पाउन पार्टीसँग कम्तीमा २५ सांसद हुनुपर्नेछ।

राज्यसभाको अर्को चुनाव नोभेम्बरमा हुनेछ। जतिबेला उत्तर प्रदेश र उत्तराखण्डका ११ जना सदस्यले अवकाश लिनेछन्। जसमध्ये १० जना भाजपाका र १ जना समाजवादी पार्टीका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .