ad ad

ग्लोबल


पुटिन पाँचौँपटक रुसको राष्ट्रपति

पुटिन पाँचौँपटक रुसको राष्ट्रपति

नेपालखबर
चैत ५, २०८० सोमबार ८:५, काठमाडौँ

भ्लादिमिर पुटिनले राष्ट्रपति चुनावमा आफू ठूलो मतान्तरले विजयी भएको दाबी गरेका छन्। यो जितपछि पुटिन पाँचौँपटक रुसको राष्ट्रपति बन्दै छन्।

सन् २००८ देखि २०१२ सम्मप्रधानमन्त्रीका रूपमा बाहेक पुटिन मे २००० देखि निरन्तर रुसको राष्ट्रपति छन्।

निर्वाचनको नतिजापछि उनले ८७ प्रतिशत मत प्राप्त गरेको दाबी गरेका छन्। यो घोषणापछि उनले रुसको लोकतन्त्र धेरै पश्चिमी देशको भन्दा पारदर्शी रहेको जिकिर गरे। राष्ट्रपति चुनावमा पुटिनविरुद्ध उभिएका तीन जना उम्मेदवारलाई ‘रबर स्ट्याम्प’ भनिएको थियो।

बीबीसीका अनुसार वास्तवमा कुनै पनि विश्वसनीय विपक्षी नेतालाई चुनावमा उम्मेदवार बन्न दिइएन। चुनावी नतिजा घोषणा भएपछि पुटिनका सबैभन्दा मुखर आलोचक विपक्षी नेता अलेक्सी नभाल्नीका समर्थकले प्रतीकात्मक प्रदर्शन गरेका थिए।

धेरैवटा पश्चिमी देशले रुसको राष्ट्रपति चुनाव स्वतन्त्र वा पारदर्शी नभएको टिप्पणी गरेका छन्। जर्मनीले यसलाई एक अधिनायकवादी नेताको नेतृत्वमा गरिएको ‘नक्कली चुनाव’ भनेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘रुसी तानाशाहले अर्को चुनावको नाटक मञ्चन गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .