ad ad

कर्णाली


ओलीबाट सिकेको ज्ञान गठबन्धनमा काम लाग्यो : प्रचण्ड

ओलीबाट सिकेको ज्ञान गठबन्धनमा काम लाग्यो : प्रचण्ड

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १६:२२, सुर्खेत

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीबाट आफूले प्राप्त गरेको ज्ञान गठबन्धन गर्दा काम लागेको बताएका छन्। 

पाँचदलीय गठबन्धनले आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा गरेको चुनाव लक्षित संयुक्त भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले एमाले–माओवादी पार्टीबीच एकता हुँदा ओलीबाट ज्ञान सिकेको बताउँदै भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको हो। ओलीबाट प्राप्त गरेको ज्ञान आज गठबन्धन बनाउनका काम लागेको छ।’

उनले थपे,  ‘नेपालको इतिहासमा यसअघि पनि असाधारण गतिविधि भएको थियो। त्यसलाई कांग्रेस–माओवादीकै अगुवाईमा परास्त गर्ने काम भएको थियो। हाम्रो एकता देशको विकास, समृद्धिका लागि गठबन्धनका साथ अघि बढेका हौं।’

प्रचण्डले कर्णाली प्रदेश सभामा सदस्यले गरेको भूमिकालाई गठबन्धनले नभुलेको बताए। 

‘कर्णालीबाट नै प्रतिगमन विरुद्धको विद्रोहले नै केन्द्रमा प्रवेश पाएको हो’ उनले भने, ‘विगतमा पनि कांग्रेस –माओवादीलेबीच यसअघि पनि साझेदारी भएर नै आन्दोलनमा सहभागी भएका थियौँ।’

उनले गठबन्धनलाई हल्का रुपमा कसैले नलिन पनि चेतावनी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .