ad ad

कर्णाली


बागीलाई देउवाको आश्वासन : उम्मेदवारी फिर्ता लिनूस्, उचित ठाउँमा व्यवस्थापन गरिन्छ

बागीलाई देउवाको आश्वासन : उम्मेदवारी फिर्ता लिनूस्, उचित ठाउँमा व्यवस्थापन गरिन्छ

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता सुर्खेतमा


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १६:२९, सुर्खेत

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले  गठबन्धनविरुद्ध दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

आइतबार वीरेन्द्रनगरमा भएको गठबन्धनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्।

उनले भने, ‘गठबन्धनको विजयका लागि सबै मिल्नु बाहेक अन्य विकल्प कुनै पनि छैन। त्यसैले गठबन्धनविरुद्ध दिएका उम्मेदवारीलाई फिर्ता लिनु पर्छ। त्यसका लागि उचित ठाउँमा‌ व्यवस्थापन गरिनेछ।’ 

देउवाले कर्णालीमा अझ गठबन्धन आवाश्यक भएकाले एक रुपमा लाग्न कार्यकर्तालाई आग्रह गरे।

साथै, उनले कर्णालीमा आर्थिक समृद्धिका थुप्रै आधार भएकोले कर्णालीको विकास र समृद्धिको लागि सरकार लागिरहेको बताए। 

देउवाले गठबन्धनलाई चुनाव जिताएर सरकारमा पठाए पाँच वर्षमा रिजल्ट देखाउने गरि काम गर्ने आश्वासन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .