ad ad

कर्णाली


जाजरकोट दुर्घटना अपडेट : एकै वडाका ८ सहित १२ जनाको मृत्यु

बिहेमा विवाद हुँदा...
जाजरकोट दुर्घटना अपडेट : एकै वडाका ८ सहित १२ जनाको मृत्यु

दुर्घटनामा परेको जिप


नेपालखबर
मंसिर २७, २०७९ मंगलबार ७:२४, जाजरकोट

जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो। 

सोमबार दिउँसो भएको दुर्घटनामा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्काको मृत्यु भएको हो। 

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी,  नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ। त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ। छेडागाड– ६ का वीरबहादुर खत्रीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए।

कर्णाली प्रदेश२००१च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो।

बिहेमा विवाद हुँदा...
छेडागाड नगरपालिका–५ लेवाका दीपक अधिकारीको ससुराली हो झल्कुवा। साली सम्झनाको बिहेको भोज खान उनी आइतबार त्यहाँ पुगेका थिए। बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका–४ भल्कुवाका महेश थापाको बीचमा विवाद भयो। 

विवाद बढ्दै जाँदा दीपक र महेशबीचमा कुटाकुट भयो। दीपक घाइते भए । गाउँलेहरूले झगडा छुट्याए। तर दीपकलाई उक्त झगडामा आफूलाई अन्याय भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपबाट प्रहरी कार्यालयसम्म पुर्‍याइदिन आग्रह गरे। 

दीपकसँगै बिहेमा भोज खाना आएका अन्य सर्वसाधारण पनि सोही जिपमा फर्कने क्रममा उक्त जिप दशेराको भिरमा दुर्घटना भयो। उपचार र न्याय माग्न वडावन जाने दीपकसँगै अन्य बिहेभोज खाना आएका १२ जनाको मृत्यु हुन पुग्यो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .