कर्णाली


पत्रकार महासंघ सुर्खेत शाखाको १२औँ अधिवेशनमा ८ पत्रकारलाई पुरस्कार

पत्रकार महासंघ सुर्खेत शाखाको १२औँ अधिवेशनमा ८ पत्रकारलाई पुरस्कार

नेपालखबर
बैशाख ८, २०८१ शनिबार १२:२, सुर्खेत

पत्रकार महासंघ सुर्खेत शाखाले  ८ पत्रकारलाई पुरस्कार प्रदान गरेको छ।

महासंघ शाखा सुर्खेतको १२औँ अधिवेशन तथा साधारणसभाकाका अवसरमा शनिबार ८ पत्रकारलाई पुरस्कार दिइएको हो। 

जसअनुसार वर्ष पुरस्कार कान्तिपुर टेलिभिजनका कमल पन्त, क्रियाशील पत्रकारिता पुरस्कार शिलापत्र डटकमका ओम शाही, खानेपानी तथा सरसफाइ पुरस्कार पहिलो प्रेस डटकमका शेरबहादुर थापा र सत्य पत्रिका डटकमका चन्द्रा कँडेल र स्व. नन्दु गेलाङ्ग पत्रकारिता पुरस्कार रेडियो भेरीकी डिलु रावतले पाएका छन्। 

यस्तै शान्ति तथा विकास पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका रमेश रावललाई र स्काई न्युज दैनिकका आकाशतारा बयकलाई तथा युवा पत्रकारिता पुरस्कार गोरखापत्रकर्मी नवीनकुमार सुवेदीलाई प्रदान गरियो। 

उनीहरूलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नगद र प्रमाणपत्रसहित पुरस्कार हस्तान्तरण गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .