कर्णाली


कर्णालीमा माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै

सरकारलाई विश्वासको मत दिने संसदीय दलको निर्णय
कर्णालीमा माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै

रणसिंह परियार


नेपालखबर
बैशाख १२, २०८१ बुधबार ९:१७, सुर्खेत

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले हुम्लाका रणसिंह परियारलाई मन्त्री बनाउने भएको छ। 

बुधबार बिहान बसेको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले परियारलाई मन्त्री बनाउने निर्णय गरेको हो। 

बुधबार बिहान बसेको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक

परियारको मन्त्रालयको भने टुंगो लागिसकेको छैन। उनलाई तत्कालका लागि बिनाविभागीय मन्त्रीका रूपमा माओवादीले सरकारमा पठाउन लागेको हो। 

यस्तै दलको बैठकले बिहीबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको माओवादीका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए। 

उनका अनुसार माओवादीका तर्फबाट परियारलाई सरकारमा पठाउने, मन्त्रालय र बाँकी मन्त्रीको टुंगो मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .