ad ad

कोशी


पाँचथर बाढी अपडेट : चार पुरुष र एक महिला बेपत्ता (नामावलीसहित)

पुल बगाएपछि मेची राजमार्ग बन्द
पाँचथर बाढी अपडेट : चार पुरुष र एक महिला बेपत्ता (नामावलीसहित)

अविरल वर्षासँगै आएको बाढीले बगाएको मेची राजमार्गअन्तर्गत हेवा खोलाको पुल। तस्बिर : रवीन्द्र काफ्ले/रासस


नेपालखबर
असार ३, २०८० आइतबार ७:५४, काठमाडौँ

पाँचथरमा बाढीले बगाएर बेपत्ता भएका ५ जनाको पहिचान खुलेको छ। 

पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिवश कुँवरका अनुसार बाढीले बगाउँदा जिल्लाका हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बु, फिदिम नगरपालिका–५ का ५५ वर्षीय राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ माझीटारका २८ वर्षीय आशिष माझी र सोही ठाउँकी २५ वर्षीया एलिसा माझी बेपत्ता छन्। 

यस्तै बाढीले हेवा खोलामा रहेका तीनवटा पक्की पुल र झोलुंगे पुल पनि बगाएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए। ‘जसले गर्दा मेची राजमार्ग अवरुद्ध छ भने उता भेडेटार निस्किने सडक पनि बन्द भएको छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .