ad ad

कोशी


कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने माओवादीको तयारी, केन्द्रको निर्णय पर्खंदै

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने माओवादीको तयारी, केन्द्रको निर्णय पर्खंदै

नेपालखबर
असोज २९, २०८० सोमबार १६:४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले पनि कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ। संविधानको धारा १७८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले बुधबार विश्वासको मत लिने तयारी गरेका छन्। 

कार्कीलाई विश्वासको मत दिनका लागि केन्द्रको निर्णय कुरिरहेको नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य दुर्गा चापागाईंले नेपालखबरलाई बताए। 

‘कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिनेगरी तयारी अघि बढाएका छौं,’ चापागाईंले भने, ‘त्यसका लागि केन्द्रको औपचारिक निर्णय कुरिरहेका हौं।’

कार्कीले हिजो (आइतबार) प्रदेश प्रमुख पर्शुराम समक्ष शपथ लिएका थिए। 

कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले एमाले र कांग्रेसका एक एक जना मन्त्री नियुक्त गरिसकेका छन्। 

एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई मुख्यमन्त्री कार्कीले कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेरका हुन्।

मुख्यमन्त्री बनेलगत्तै काठमाडौं आएका कार्कीले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरूसँग छलफल गरी विराटनगर फर्किएर दुई मन्त्री नियुक्त गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .