ad ad

जीवनशैली


दैनिक कति ग्राम खाने नुन? आयोडिनयुक्त नुनले हटाउँछन् यी समस्या

दैनिक कति ग्राम खाने नुन? आयोडिनयुक्त नुनले हटाउँछन् यी समस्या

नेपालखबर
फागुन ३, २०७९ बुधबार १७:२८, काठमाडौँ

आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्व हो। यसले थाइरोइड ग्रन्थीबाट थाईरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ।

शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्नजस्ता मुख्य मुख्य काममा सहयोग गर्दछ। शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ।

ढिके वा खुल्ला रूपमा बिक्रीवितरण गरिने नूनमा मानिसको शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने आयोडिनको मात्रा नहुन सक्छ ।

दुई बालबालिका चिह्न भएको प्याकेटको नुनमा सही मात्रामा आयोडिन मिसाइएको हुन्छ। यो चिह्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही मात्रामा आयोडिन भएको नुनलाई दिने प्रमाणित चिह्न हो।

वयस्कहरूले दैनिक रूपमा ५ ग्राम भन्दा कम नूनको प्रयोग गर्नुपर्दछ। बालबालिका १२ महिना पूरा भएपछि बढीमा २ ग्राम नून दिनभरिको खानामा प्रयोग गर्नुपर्दछ।

आयोडिनयुक्त नुनका फाइदा 
गर्भवती महिलाले दैनिक रूपमा आयोडिन नूनको सही मात्रा ५ ग्रामभन्दा कम खाएमा उनीबाट जन्मेको शिशुको दिमागको विकास राम्रोसँग भएको मानिन्छ। 

आयोडिन प्रयाप्र्तमात्रामा खादा गर्भ खेरा जाने, मृत वा अपाङ्गता बच्चा जन्मन सक्ने सम्भावनालाई कम गराउँछ। 

बोलाइसम्बन्धी अपाङ्गता भएका, शारीरिक अपाङ्गता भएका र सुस्त मनस्थिति भएका बच्चा जन्मिने जस्ता समस्याहरूबाट बच्न सकिन्छ।

बालबालिका १२ महिना भएदेखि खानामा आयोडिनयुक्त नुन खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्छ। 

आयोडिनयुक्त नून खाएका बालबालिकाको बौद्धिक विकाससँग हुन पाउँछ। किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक
क्षमतामा वृद्धि हुन्छ जसले गर्दा पढाइका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्दछ।

आयोडिनयुक्त नुनले गलगाँड तथा हाइपोथरोइडजमजस्ता समस्याहरू हुनबाट बचाउँछ ।

नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ । त्यसैले खानामा आयोडिन मिसाएको नून खानु नै एक मात्र सरल उपाय हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .