ad ad

लुम्बिनी


रूपन्देही २ : उम्मेदवारी खारेज भएका भुसालको समर्थन केशवलाई, थपिएला विष्णुलाई चुनौती?

रूपन्देही २ : उम्मेदवारी खारेज भएका भुसालको समर्थन केशवलाई, थपिएला विष्णुलाई चुनौती?

सुदीप भण्डारी
कात्तिक २४, २०७९ बिहिबार १३:२५, बुटवल

रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका कमल भुसाल निकोलसको मनोनयन लगत्तै उम्मेदवारी खारेजीमा पर्यो।

असोज २३ गते प्रतिनिधि सभा सदस्यको लागि हाम्रो नेपाली पार्टीबाट भुसालले मनोनयन दर्ता गरेका थिए। छात्रवृत्तीमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको भन्दै २४ गते उनको उम्मेदवारी विरुद्ध उजुरी पर्यो। 

२५ गते निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेजीको सूचना जारी गर्यो। कात्तिक १५ गतेको सर्वोच्चको फैसलाले पनि निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि भुसालको उम्मेदवारी कायम रहन सकेन।

खारेजीमा परेका कमल भुसाल निकोलसले केही महिना पहिलेबाटै रुपन्देही २ मा चुनावी अभियान सुरु गरेका थिए। नयाँ पुस्ता तथा पुरानो दलसँग असन्तुष्टहरुलाई उनको चुनावी अभियानले आकर्षित गरेको थियो। 

रुपन्देही २ मा एमाले रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट विष्णु पौडेल उम्मेदवार रहेका छन्। उनी यो क्षेत्रबाट चौथो पटक सांसद बन्ने प्रयासमा छन्।

यो क्षेत्रमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका राजु गुरुङ उम्मेदवार बनेका थिए। उनको पनि उम्मेदवार खारेज भएको थियो। 

भुसाल र गुरुङको उम्मेदवारी खारेज भएपनि विष्णु पौडेलको जितलाई सहज ठानिएको छ। आफ्नो उम्मेदवार नभएपछि सत्तारुढ तीन दलले राष्ट्रिय जनमुक्तिका उम्मेदवार केशव बहादुर थापालाई समर्थन गरेको छ।  

त्यस्तै, युवा पुस्तालाई आकर्षित गरेका कमल भुसालले कसलाई समर्थन गर्लान भन्ने चासो यहाँ बढेको छ। यहाँ कायम रहेका अन्य उम्मेदवारले आफूलाई समर्थन गर्न भुसाललाई आग्रह गरिरहेका छन्।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल, स्वतन्त्र उम्मेदवार रुपसिंह थापा र गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहा दुर थापाले भुसाललाई भेटेरै आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । 

‘मलाई धेरैको फोन आइरहेको छ। भेटघाट पनि भइरहेको छ। आफू हुँदा पुरा कन्फिडेन्स हुन्छ। अरुको लागि मिश्रीत प्रतिक्रिया आउँछ  के गर्ने भन्ने अलमल हुँदो रहेछ’ भुसालले नेपालखबरसँग भने। 

उम्मेदवारी खारेजी भएपछि कसलाई समर्थन गर्ने भन्ने बारेमा भुसालले अहिलेसम्म मुख खोलेका थिएनन्। अब भने मुख खोल्ने भएका छन्। 

भुसालले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापालाई गर्न सक्ने बताए। ‘यो पटक रुपन्देही २ मा निरन्तरताको क्रमभंगता होस भन्ने चाहेको छु। त्यसैले जता मत धेरै छ त्यतै समर्थन गरौं कि भन्ने सोचिरहेको छु।’ उनले भने  ‘सकेसम्म भोट नबाँडियोस् भन्ने सोंचेको छु।’ 

अहिले कमल भुसाल शेरवहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकालको चुनावी अभियानलाई सघाउन डडेलधुरामा छन्। शुक्रबार डडेलधुराबाट बुटवल आएर औपचारिक रुपमा आफूले कुरा राख्ने भुसालले बताए। 

भुसालले पनि देखिएर गठबन्धनको उम्मेदवारलाई समर्थन गरेमा राष्ट्रिय जनमुक्तीका केशवहादुर थापा र एमालेका उम्मेदवार विष्णु पौडेलविरुद्ध रुपन्देही २ मा चुनावी प्रतिस्प्रर्धा तिब्र बन्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .