ad ad

लुम्बिनी


लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज, ज्येष्ठ सदस्य भुसालले अध्यक्षता गर्ने

लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज, ज्येष्ठ सदस्य भुसालले अध्यक्षता गर्ने

नेपालखबर
पुस १८, २०७९ सोमबार ११:३, बुटवल

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्याकालको बैठक आज बस्दै छ। आइतबार सांसदहरूले सपथ लिएपछि बैठक बस्न लागेको हो। दिउँसो १ बजे देउखुरीको नवनिर्मीत प्रदेश सभा भवनमा बैठक बस्ने छ।

पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएका छन्। 

६९ वर्षीय डिल्लीराज भुसाल सभा २९१०बाट निर्वाचित हुन्। प्रदेश प्रमुख अमिक शेरचनले जेष्ठताको आधारमा  भुसाललाई सभामुख र उपसभामुख चयन नभए सम्मको लागी अधिवेसन तथा बैठकको अध्यक्षता गर्न जिम्मेवारी प्रदान गरेका थिए।

उनी २०७४ सालको स्थानीय चुनावमा गुल्मीको रेसुङ्गा नगरपालिको  मेयर रहेका भुसाल हाल एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य छन्।

२०३८ सालमा माले पार्टीसँग आबद्ध भएका उनी समयसम्म एमालेको गुल्मी जिल्ला कमिटी सदस्य, रेसुङ्गा नगरपालिका पाटी ईन्चार्ज, एमाले लुम्बिनी प्रदेश कमिटि सदस्यको भइसकेका छन्।

तमघास अस्पातल विकास समितिको प्रथम अध्यक्ष, गुल्मी उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष समेत रहेका भुसाल दर्जनौं सामाजिक संघ संस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। 

ज्येष्ठ सदस्य भुसालले  प्रदेश सभाको गरिमा कायम राख्ने बताए। ‘मैले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने छु। प्रदेश सभाले जनभावना अनुसार काम गर्नेगरी मेरो भूमिका हुनेछन्।’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .