ad ad

लुम्बिनी


लुम्बिनी प्रदेश सभाको पहिलो बैठक, सभामुख-उपसभामुख चयनको बाटो खुल्यो

लुम्बिनी प्रदेश सभाको पहिलो बैठक, सभामुख-उपसभामुख चयनको बाटो खुल्यो

नेपालखबर
पुस १८, २०७९ सोमबार १५:२, देउखुरी

लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको छ।

दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा बसेको बैठकको सुरूमा जेष्ठ सदस्य डिल्लीराज भुसालले प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए।

प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्बोधन गरेका छन्। उनले गत कार्याकालमा बाँकी कामलाई हल गर्दै नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताए। 

पहिलो बैठक सकिएको छ। आजै प्रदेश सभाको दोस्रो बैठक बस्ने छ।

दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्ताव गर्ने छन्।

यस्तै, दलको तर्फबाट प्रदेश सभा सदस्यहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका थिए।

यो बैठकपछि सभामुख र उपसभामुख चयनका लागि बाटो खुल्ने छ। पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .