ad ad

मधेस


महोत्तरीमा स्वतन्त्र उम्मेदवारको गाडीबाट डेढ लाख बरामद

महोत्तरीमा स्वतन्त्र उम्मेदवारको गाडीबाट डेढ लाख बरामद

फाइल तस्बिर


नेपालखबर
मंसिर ३, २०७९ शनिबार १०:४३, महोत्तरी

महोत्तरीको बर्दिवास–११ स्थित खयरमाराको पाँचे टोलबाट प्रहरीले एक उम्मेदवारको गाडीबाट डेढ लाख रुपैयाँ बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय (महोत्तरी) का प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जनको गाडीबाट शुक्रबार साँझ १ लाख ५२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो। बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा रहेका मानिसबाट उक्त रकम बरामद भएको हो। 

योञ्जन प्रदेश सभा महोत्तरी क्षेत्र नं १ (२) का स्वतन्त्र उम्मेदवार हुन्। योञ्जनले आचारसंहिताविपरीत मतदातालाई प्रलोभनमा पार्न पैसा बोकेर हिँडेको आशंकामा प्रहरीले नगद बरामद गरेको हो। बरामद रकम प्रहरीले बर्दिबासका निर्वाचन अधिकृत गुणराज श्रेष्ठकहाँ बुझाएको छ।

यस विषयमा आज (शनिबार) उम्मेदवारसँग स्पष्टीकरण लिने र जवाफ कस्तो आउँछ, त्यसअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .