ad ad

मधेस


सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाइल।


नेपालखबर
मंसिर २९, २०७९ बिहिबार ६:२९, काठमाडौँ

सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

ईश्वरपुर नगरपालिका–९ खोरियाटोलस्थित मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज ११ प ५८६४ नम्बरको मोटरसाइकललाई बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त २४४० नम्बरको  ट्र्याक्टरले ठक्कर दिएको थियो। 

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक महोत्तरीको सोन्मा गाउँपालिका–२ का अन्दाजी वर्ष ३५ का उदयकुमार साहको ज्यान गएको इलाका प्रहरी कार्यालय बयलवास, केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।

दुर्घटनामा संग्लग्न मोटरसाइकल, ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासको नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। शव परीक्षणपश्चात पीडित पक्षले मृतक साहको शव बुझेका छन्।

त्यस्तै ईश्वरपुर नगरपालिका–६ राधा कृष्णा मन्दिरको प्रांगणमा एक बेवारिसे शव फेला परेको छ। नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ३२–३३ वर्षका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बयलवासले जनाएको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .