यतिबेला काठमाडौंका बचेखुचेका बगैंचा क्षेत्र मनमोहक छन्। जाडो सकिएर वसन्त ऋतु आउँदै गर्दा आरुका फूलले सहर राताम्य भएका छन्।
रंगहरुको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा सोमबार मनाइँदैछ। यी आरुका फूलले रंगहरुको पर्वलाई अझै रंगिन बनाउँदैछन्।
दुई सातायता फुलेका आरुका बगैंचामुनि बसेर फोटो खिचाउने यतिबेला लस्कर नै देख्न सकिन्छ। आरुका फूलले ढकमक्क बगैँचामुनि बालबालिकादेखि वृद्धवृद्धासम्म विभिन्न पोजमा फोटो खिचाइरहेका छन्।
शिशिर ऋतु अर्थात चिसो मौसम सकिँदै गर्दा विस्तारै गर्मी चढ्न थालेको छ। यी आरुका फूलले अब चिसोबाट तातोतर्फ जाँदै गरेको संकेत गरेका छन्।
भृकुटीमण्डप क्षेत्रमा फुलेका आरुका फूलले कयौँको ध्यान तानेका छन्।
189
Shares
प्रतिक्रिया