ad ad

राजनीति


‘आमाको नामबाट वंशजको नागरिकताको दुरुपयोग हुन सक्छ’

‘आमाको नामबाट वंशजको नागरिकताको दुरुपयोग हुन सक्छ’

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०७९ सोमबार १२:५६, काठमाडौँ

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका छन्। 

राष्ट्रिय सभा बैठकमा सोमवार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताए।

यद्यपी यो व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले आशंका व्यक्त गरेका छन्। लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने उनले चिन्ता व्यक्त गरे। 

त्यस्तै आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको उनले बताए। 

‘आमाको नामबाट पनि वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ। यो पक्षपनि सकारात्मक छ। यहाँनिर के समस्या हुनसक्छ भन्ने मेरो अनुमान छ, जस्तो लोभ, लालच देखाएर वा धम्क्याएर, नक्कली आमा खडा गरिन्छ कि भन्ने चिन्ता पनि हामीले जायर गर्नुपर्छ', 'अनुमान गर्नुपर्छ। बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ। स्वघोषणा गर्नुपर्ने विषय महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान गरियो भन्ने मेरो ठम्याई छ।’

राष्ट्रिय सभा सदस्य देवकोटाले वैवाहिक अंगिकृतको सम्बन्धमा एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आएको टिप्पणी गरे। 

उनले ७ वर्षे प्रावधान हटाउनु नहुने धारणा राखे। ‘यहाँनेर हामीले एउटा हातले सिन्दुर लगाउने अर्को हातले नागरिकता दिने गरी विधेयक आएको छ। राज्य व्यवस्था समितिले ७ वर्ष लगाएर २०७७ असार ७ मा दिएको सात वर्षको प्रावधान थियो त्यसलाई जस्ताको तस्तै राख्नुपर्थ्यो', उनले भने, 'हामीकहाँ गरिबी पनि छ। रोजगारीको समस्या पनि छ। गरिबी र लोभ लालचको कारणले धर्म परिवर्तन पनि गरीएको अवस्था छ। नागरिकताको लागि पनि मानिसहरु लोभ, लालचमा परेर कतिपय प्रभावित हुने हो कि भन्ने चिन्ता हुनसक्छ।’

उनले नेपालमा गरिबी र रोजगारीको समस्या भएका कारण लोभ, लालचमा परेर नागरिकता वितरण हुनेतर्फ सचेत गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .