ad ad

राजनीति


जसपाले छाडेपछि १३ सिटमा गठबन्धनको भागबन्डा मिल्न बाँकी, आज लोसपासँग छलफल हुँदै

जसपाले छाडेपछि १३ सिटमा गठबन्धनको भागबन्डा मिल्न बाँकी, आज लोसपासँग छलफल हुँदै

फाइल फाेटाे : पाँच दलीय गठबन्धनको बैठक


नेपालखबर
असोज २२, २०७९ शनिबार ७:४, काठमाडौँ

लामो गृहकार्यपछि सत्ता गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि सहमति जुटाएका छन्। तथापि मधेस प्रदेशका १३ सिटमा अझै भागबन्डा मिल्न बाँकी छ। यी सिटबारे शनिबार बिहान लोसपाका नेताहरुसँग छलफल गर्ने गठबन्धनका नेताहरुको भनाइ छ।

अहिलेसम्मको सहमतिअनुसार नेपाली कांग्रेसले ८४, माओवादीले ४५, एकीकृत समाजवादीले २०, लोसपाले ८ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति भएको नेताहरुले बताएका छन्। 

पहिले जसपाका लागि छुट्याइएका र अब लोसपालाई दिन लागिएका मिल्न बाँकी सिटहरुमा सप्तरी १ र २, धनुषा २ र ३, महोत्तरीका क्षेत्र नम्बर ३ र ४ का साथै सर्लाही क्षेत्र नम्बर १ छन्।

त्यसैगरी बारा क्षेत्र नं २, ३ र पर्सा १ र ३ मा पनि सहमति जुट्न बाँकी छ। पहिले जसपालाई छुट्याइएको बाँके क्षत्रे नम्बर २ मा पनि गठबन्धनले सहमति जुटाउन बाँकी छ।

सत्ता गठबन्धनमा जस्तै नेकपा एमालेले पनि मधेस प्रदेशको उम्मेदवारी घोषणामा ढिलाइ गरेको छ।

यो पनि :

सत्ता गठबन्धनले यसरी बाँड्यो सिट, कुन क्षेत्र कसलाई? (सूचीसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .